काठमाडौं आएलगत्तै भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था

दियो पोस्ट  

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज बिहान काठमाडौं आएकी छन् । काठमाडौं आएलगत्तै उनी भक्तपुरको सानोठिमीस्थित आदर्श मावि पुगेकी छन् ।

उनले स्कुलका विद्यार्थीहरुसँग बास्केटबल खेल्ने र अन्तर्क्रिया गर्ने कार्यक्रम छ । उनलाई स्कुलका विद्यार्थीहरुले परम्परागत नेवारी नाच देखाएर स्वागत गरेका थिए ।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै सामन्था नेपाल आएकी हुन् ।

सम्बन्धित खबर