टर्की भूकम्पमा घानाका फुटबलर अत्सुको शव फेला

दियो पोस्ट  

एजेन्सी । टर्की र सिरियामा फेब्रुअरी ६ मा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ४६ हजार नाघेको छ ।

यसैबीच, घानाका फुटबलर क्रिस्चियन अत्सुको शव टर्कीको हातेमा फेला परेको छ । उनको घर भूकम्पले ध्वस्त भएको थियो ।

३१ वर्षीय अत्सु सेप्टेम्बरमा नै टर्किस सुपर लिग क्लबमा आवद्ध भएका थिए । अत्सुले प्रिमियर लिगमा चेल्सी र न्युक्यासलबाट खेलिसकेका छन्।

रोयटर्स समाचार एजेन्सीको रिपोर्ट अनुसार भूकम्पका कारण पृथ्वीको सतहमा ३०० किलोमिटर लामो दरार परेको थियो , टर्की र उत्तरी सिरियामा ७.८ म्याग्निच्युडको भूकम्पले पृथ्वीमा धेरै क्षति पुर्याएको छ ।

यहाँ जमिन दुई विपरीत दिशामा २३ फिटसम्म सरेको छ ।

टर्कीको प्रकोप एजेन्सीका प्रमुख ओरहान तातारले गत फेब्रुअरी ६ यता गएको भूकम्पपछि ४ हजार ७ सय परकम्प आएको बताए ।

‘त्यहाँ हरेक चार मिनेटमा परकम्प आउँछ। यीमध्ये अधिकांशको तीव्रता ४ भन्दा बढी छ, ‘ उनले भने।

सिफारिस