प्रमोद खरेलको उजुरीपछि विन्ध्यवासिनी म्युजिकका सञ्चालक रेग्मी पक्राउ

दियो पोस्ट  

काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला उनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो। रेग्मीलाई नियन्त्रणमा लिएको साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले पुष्टि गरे। साइबर अपराधको आरोपमा पक्राउ परेका उनीविरुद्ध भने म्याद थप गर्न बाँकी रहेको छ।
गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो। उनले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोप छ।

यो पनि

सुवास रेग्मीलाई ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति