शीर्ष नेताको दौडधुप– प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

दियो पोस्ट  

काठमाडों । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता गर्न दुई दिनमात्र समय बाँकी रहँदा ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।

राष्ट्रपति चयनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। ओली र प्रचण्डबीच बाक्लो भेटवार्ता भए पनि राष्ट्रपति निर्वाचनमा दुई दल एक ठाउँमा उभिन सकेका छैनन्। प्रचण्डले एकातर्फ राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने बताइरहेका छन् भने अर्कोतर्फ कांग्रेसलाई राष्ट्रपति दिने वचन दिएका छन्।

एमालेको साथ लिएर पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डलाई पुस २६ गते नेपाली कांग्रेसले पनि संसदमा विश्वासको मत दिएको थियो। त्यसयता सत्तारूढ दुई दलका नेताबीच घन्टौं छलफल भए पनि विश्वासको वातावरण बन्न सकेको छैन।

सिफारिस