काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका-१०, बोडेटोलमा आज एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बुधबार दिउँसो गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार आक्रमणमा संलग्न व्यक्तिको पहिचान भइसकेको छ र छिट्टै पक्राउ गर्ने तयारी भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट साथी-साथीबीचको विवादका कारण घटना भएको देखिएको छ।