ज्यानमार्ने उद्योगमा संलग्न महेश बस्नेतलाई काठमाडौं प्रहरीले किन दियो उन्मुक्ति ?

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौं प्रहरीले ज्यान मार्ने उद्योगको गम्भिर अपराधमा एमाले नेता महेश बस्नेतलाई उन्मुक्ति दिएको छ । आफूमाथि जबरजस्ती करणी, भ्रुण हत्या र डाँकाचोरी भएको भन्दै सरकारसँग न्यायको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेकी शोभा पाठकमाथि आक्रमणमा संलग्नहरुसँग प्रत्यक्ष जोडिएका बस्नेतलाई प्रहरीले प्रतिवादी नै नबनाई उन्मुक्ति दिएको हो । बस्नेतकी श्रीमती अम्बिका बस्नेतलाई भने प्रतिवादी बनाएर मुद्दा चलाएको छ । प्रहरीले नै सरकारी वकिल कार्यालय हुँदै अदालतमा बुझाएको अभियोग पत्रमा बस्नेत र आक्रमणमा संलग्नहरुको सम्पर्क भएको सिडिआर रिपोर्ट नै संलग्न छ । तर, बस्नेतलाई बयान मात्रै गराएर प्रतिवादी नै नबनाएको पाइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार सरकारी वकिल कार्यालय हुँदै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । शोभामाथि आक्रमणमा संलग्न अम्बिकासहित १० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । बलात्कारको आरोपी समेत रहेका बस्नेत विरुद्ध अनुसन्धानले नै प्रमाण पुग्ने तथ्यहरु हुँदा हुँदै बयान मात्रै लिएर छाडिएको छ । पीडित युवती बस्नेतमाथि कारबाहीको माग गर्दै अनसनमा बस्नु र सोही स्थलमा बस्नेतकै श्रीमतिसहितको समुहले आक्रण गरिएको थियो भने आक्रमण गर्नेहरुसँग बस्नेत पटक पटक सम्पर्कमै रहेको भेटिएको थियो ।

घटनास्थलबाटै पक्राउ परेकी अम्बिकामाथि प्रहरीले पर्याप्त अनुसन्धान बिना नै ५ दिन पनि हिरासतमा नराखी मुद्दा बुझाएको छ । एकातिर पीडित महिलाले बस्नेत विरुद्धको जाहेरी प्रहरी कार्यालयले नै दर्ता गरी अनुसन्धान प्रक्रिया अघि नबढाएको आरोप लगाएकी छिन् भने यता शान्तिपुर्ण धर्नामा समेत आक्रमण गर्न तीनै बलात्कारको आरोपी बस्नेतको श्रीमतीको समुह माइतीघरमा पुगेको छ । तर, यो घटनालाई प्रहरीले सामान्य रुपमा लिएर ५ दिन मात्रै अनुसन्धान गरी योजनाकार बस्नेतलाई उन्मुक्ति दिएको छ ।
पक्राउ परेका १० जनामाथी थुनछेक बहस आज पनि थियो । संभवत उनीहरु विहिबार नै उनीहरु धरौटीमा छुट्ने संभावना छ ।

बस्नेतले स्थानिय सञ्जय बस्नेत नाम गरेको इलेक्ट्रिक माइक्रो बस नै रिजर्भ गरेर माइतीघर मण्डालामा आक्रमणमा संलग्नहरुलाई पठाएको बयानमै खुलाएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालयले घटनामा अम्बिा भण्डारीकै नेतृत्वमा गिता पण्डित बस्नेत, प्रगति थापा, सोनी बराल, जानुका बस्नेत, रेखा न्उौपाने, सविना केसी, कमला बस्नेतm निता खत्री भनिने निता बस्नेत र शर्मिला बस्नेत समेतलाई उक्त स्थानमा बोलाई आपसी योजना बनाएर पहिचान समेत नहुनेगरी मास्क र कपडाले छोपी बा ३४ च २११८ नम्बरको गाडी चढेर माइतीघर मण्डलामा रहेकी पीडित शोभा पाठकमाथि आक्रमण गरेको ठहर गरेको छ । सरकारी वकिल कार्यालयले बुझाएको अभियोग पत्रमा अभियुक्तहरु सबैसँग महेश बस्नेतले घटनाहुनु अघि पटक पटक सम्पर्क गरेको सिडिआर रिपोर्ट पेश गरेको छ । तर, बस्नेतलाई भने प्रतिवादी नै नबनाई उन्मुक्ति दिइएको छ ।

काठमाडौं प्रहरीका प्रमुख रमेश थापा एमाले कांग्रेस निकट विचौलिया मिडिया उद्यमी रामेश्वर थापाका भाई हुन् । रामेश्वरकै घरमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउन शेरबहादुर देउवा सहमत भएका थिए । एमालेकै नेता बस्नेतलाई जोगाउन काठमाडौं प्रहरीका प्रमुख बस्नेतले विभिन्न प्रयास गर्दै आएका थिए ।

सिफारिस