जबरजस्ती करणी आरोपमा जुम्लाका वडाध्यक्ष पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । जुम्लास्थित पातारासी गाउँपालिका-५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । पीडित महिलाको उजुरीपछि अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बुधबार बुढालाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार घटनाबारे थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद समेत थप गरिएको छ ।

वडाध्यक्ष बुढाले पटक-पटक धम्की दिँदै आफूलाई जबरजस्ती करणी गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।

मंगलबार राति उजुरी दर्ता भएपछि प्रहरीले कानूनी प्रक्रिया अनुसार उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

सिफारिस