करारका कर्मचारी हटाउने, अर्थले गर्‍यो पत्राचार

दियो पोस्ट  

काठमाडौं । सरकारले सबै निकायमा रहेका करारका कर्मचारी हटाउने तयारी गरेको छ । चालू आर्थिक वर्षको राजश्वले चालू खर्च मात्रै धान्न थालेपछि सरकारले करारका कर्मचारी हटाउने तयारी गरेको हो ।

अत्यन्त आवश्यक र प्रविधिक कर्मचारी रहेको खण्डमा मात्रै राख्ने अन्यथा सबै करारका कर्मचारी हटाउने काम थालनी गरेको हो । त्यसको लागि कुन निकायमा कस्ता कर्मचारी रहेका छन् । त्यसको विवरण अहिले अर्थमन्त्रालय संकलन गरिरहेको छ ।

अर्थ मन्त्रालयले सबै मन्त्रालयहरु सबै निकायलाई आफू मातहतको निकायमा रहेको कर्मचारीको सबै विवरण पठाउन पत्रचार गरिसकेको छ । अर्थ मन्त्रालयले गरेको पत्राचारमा भनिएको छ,‘कार्यरत करार सेवाका कर्मचारी र ज्यालादारीमा काम गर्ने व्यक्तिको विवरण उपलब्ध गराइदिन अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णय भए अनुसार अनुरोध छ ।’

अर्थ मन्त्रालयको पत्र अनुसार कुनै निकायका र त्यसको आयोजनामा रहेका करार र ज्यालादारी कर्मचारीहरुको विवण पठाउनुपर्ने छ । त्यो कतिसम्म आवश्यक हो। त्यसअनुसार हटाउन लगाउने अर्थ मन्त्रालयको भनाई छ ।