काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रत्येक वर्ष ८ सय मेगावाट विद्युत् उत्पादन बढ्दै गएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित जलविद्युत् क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले सन् २०२६ सम्म सुक्खा सिजनमा पनि जलविद्युत्मा मुलुक आत्मनिर्भर हुने बताए । उनले भने ‘अहिले सञ्चालित आयोजनाको २५ सय ४४ मेगावट उत्पादन क्षमता छ । यसमा सोलार ७० मेगावट छ ।
प्रत्येक वर्ष ८ सय मेगावट विद्युत उत्पादन बढ्दै गएको छ । पछिल्लो पाँच वर्ष ७ हजार मेगावट विद्युत् उत्पादन गर्ने अनुमान छ ।’ सन् २०२६ सम्म सुक्खायाममा पनि मुलुक विद्युत्मा आत्मनिर्भर भई २५ सय मेगावट विद्युत् बढी हुने उल्लेख गरे ।