विमानस्थलमा कुटपिट घटना : डीएसपीसहित चार प्रहरीलाई कारबाही, अध्यागमन अधिकृतलाई मन्त्रालय तानिने

दियो पोस्ट  

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटपिट घटनामा डीएसपीसहित चार प्रहरीलाई कारबाहीका लागि सिफारस गरिएको छ।

कारबाही सिफारिस पर्नेहरुमा प्रहरी जवानदेखि डीएसपीसम्मका कर्मचारी छन्। छानबिन समितिका एक सदस्यका अनुसारका कारबाहीका लागि सिफारिस हुनेहरुमा डीएसपी रेवतीरमण पोखरेल, असई सञ्जय तामाङ, प्रहरी जवान रविरन्जन गुप्ता र अर्का प्रहरी जवान राजकुमार महतो छन्।

डीएसपीको कमाण्डमा खटिएका उनीहरुले आफ्नो जिम्मेवारी उचित ढंगले पूरा गर्न नसकेको भन्दै डीएसपी पोखरेललाई सचेत गराउन भन्दै छानबिन समितिले प्रतिवेदन बुझाएको छ। आफू मातहतका कर्मचारीलाई आफ्नो जिम्मेवारीमा राम्रोसँग परिचालन गर्न नसकेको भन्दै पोखरेललाई सचेतका लागि सिफारिस गरिएको हो ।
अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिटमा उत्रिएको भन्दै असई सञ्जय तामाङलाई भने निलम्बनका लागि सिफारिस गरिएको छ। शरीर खानतलासी गर्न नदिएको अवस्थामा पक्राउ गरेर कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा कुटपिटमै उत्रिएको भन्दै असई तामाङलाई निलम्बनका लागि सिफारिस गरिएको समिति स्रोतले बतायो ।

असई मोक्तानले अध्यागमन अधिकृतलाई कुटपिट गरेको बेला अन्य दुई प्रहरी जवान रविरन्जन गुप्ता र राजकुमार महतोले समेत छुट्टाएर घटनाबारे रिर्पोटिङ गर्नुपर्नेमा उल्टै कुटपिट गरेको भन्दै उनीलाई समेत विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ।

त्यसैगरी अध्यागमन अधिकृत छायालाल मोक्तानलाई समेत कारबाही गर्नका लागि सिफारिस गरिएको छ। प्रहरीले जाँच गर्ने क्रममा शरीर खानतलासी गर्न पाउने अधिकार भएकाले जाँचका लागि सहयोग गर्नुपर्नेमा उल्टै जाँचमा नदिने र विवादमा उत्रिएकाले अध्यागमन अधिकृत मोक्तानलाई समेत कारबाहीका लागि सिफिारिस गरिएको छ।

अध्यागमन अधिकृत मोक्तानको आचरण सम्बन्धी समस्या देखिएकाले सोही अनुसार कारबाही गर्नुपर्ने र तत्कालै जिम्मेवारीबाट हटाएर मन्त्रालय तान्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

सिफारिस