नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी बृद्धि गर्ने तयारी

दियो पोस्ट डेस्क  

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिगर्ने तयारी गरेको छ । बुधबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले हाल सञ्चालनमा रहेका पुनर्बीमा कम्पनीहरूको १ वर्षभित्र २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने गरी निर्देशन गर्ने निर्णय गरिएको हो ।

हाल नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रि–इन्स्योरेन्स गरी दुइवटा पुनर्बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । प्राधिकरणको सञ्चालन समितिकोे निर्णय अनुसार कम्पनीहरूलाई छिटटै् निर्देशन दिइने र कम्पनीहरूलाई चुक्ता पुँजी वृद्धिका लागि योजना पेश गर्न मौका दिइने समेत भनिएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको हाल चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । सो कम्पनी पुँजी चुक्ता गर्न नेपाल सरकारको समेत लगानी रहेको हो । साथै आईपीओ जारी गरेको हिमालय रि–इन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुगेको छ । यी कम्पनीहरूले चुक्ता पुँजी वृद्धिका लागि राइट सेयर (हकप्रद) जारी गर्ने प्रस्ताव राख्न सक्ने सम्भावना रहेको छ ।

सिफारिस