निजामती सेवा ऐन २०८० खारेजीको मागसहित सर्वोच्चमा रिट

दियोपोस्ट संवाददाता

काठमाडौं । कर्णाली प्रदेशबाट जारी प्रदेश निजामती सेवा ऐन २०८० खारेजीको माग गर्दै माघ १९ गते शुक्रबार सर्वोच्च अदालतमा रिट दाएर भएको छ । अधिवक्ता मोहन साहशंकरले नेपालको संविधान धारा ४६ र धारा १३३ (१) र (२) मा रही उक्त ऐनको दफा ९ को ‘पदपूर्ति सम्बन्धी विशेष व्यवस्था’ खारेजीको माग राख्दै रिट दाएर गरिएको छ ।

रिटमा नेपालको संविधान धारा १३३ (१) बमोजिम संविधानको भावना मर्म तथा संघीय संसदले बनाएको संघीय निजामती सेवा ऐन, २०४९ समेतको विपरित भएकोले विपक्षीहरुले मिति २०८०/०६/२९ गते प्रमाणीकरण गरेको विद्येयक सोही मितिदेखि नै अमान्य घोषित गरीदिन भनिएको छ । सो प्रमाणीकरण भएको विद्येयक हाल कर्णाली प्रदेशमा ‘कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८०’ को नामबाट कार्यान्वयनको क्रममा छ । उक्त कर्णाली प्रदेश निजामती ऐन २०८० को दफा ९ मा पदपूर्ति सम्बन्धी विशेष व्यवस्था रहेको छ ।

जसको उपदफा १ मा ‘प्रदेश निजामती सेवालाई समावेशी बनाउन दफा ८ को उपदफा (१) र (२) बमोजिम खुल्ला प्रतियोगात्मक परीक्षाद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याइ सो प्रतिशतलाई, शतप्रतिशत मानी देहाएका प्रत्येक समुहलाई तोकिएको पदमा ३३ प्रतिशत माहिलालाई छुट्याएर देहाय बमोजिमका उम्मेदवार बीचमामात्र छु्ट्टा छुटटै प्रतिस्पर्धा गराई पदपूर्ति गरिने भनी खस आर्यका लागि ४५ प्रतिशत, दलित २२, आदिवासी जनजाती १२, पीछडीएको क्षेत्र १२, अपाङगता भएको व्यक्ति ५ मधेशी तथा मुस्लिम २ र थारु २ प्रतिशत समुहगत छुट्याइएको छ । उक्त प्रावधान निजामती सेवा (दोस्रो संशोधन) ऐन ३०६४ समेतको विपरित भएकोले खारेजीको हुनुपर्ने माग रखिएको छ ।

यस रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघिय संसद सचिवालय सिंहदरबार, कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेश, प्रदेश सभा सचिवालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, विरेन्द्रगर सुर्खेतलाइ विपक्ष बनाई यो रिट निवेदन दर्ता भएको हो ।

सिफारिस