प्रधानमन्त्री प्रचण्ड नगर अस्पताल उद्धघाटनका लागि सिन्धुली जाँदै

- ईश्वर विश्वकर्मा  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नगर अस्पताल भवन उद्घाटनका लागि शनिवार सिन्धुलीको दुधौली नगरपालिका जाने भएका छन् ।

सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा–५, सिर्थौलीमा निर्माण भएको नगर अस्पतालको भवन उद्घाटनका लागि प्रधानमन्त्री दाहाल दुधौली जाने भएका हुन् । प्रधानमन्त्री सेनाको हेलिकप्टरमा काठमाडौंबाट विहान ११ बजे सिन्धुलीको दुधौली नगर अस्पतालको भवन उद्घाटन कार्यक्रम स्थलमा अवतरण हुने भएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले दियोपोस्टलाई जानकारी दिएका थिए । सेनाको हेलिकप्टर जाने भएकाले सिर्थौलीमा हेलिप्याड समेत निर्माण गरिएको छ । मन्च व्यवस्थापन, हेलि प्याडदेखि कार्यक्रम स्थल नगर अस्पतालसम्म पुग्ने सडक मर्मत लगाएतका सबै तयारी पुरा भएको मेयर अधिकारीले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड करिव दिउँसो १ बजेसम्म नगर अस्पताल भवन उद्घाटनको कार्यक्रममा रहने जनाईएको छ । प्रधानमन्त्री प्रचण्ड भवन उद्धघाटन सकेलगतै उदयपुरमा रहेको उदयपुर सिमेन्ट कारखानाको अवलोकन गर्ने पनि जनाइएको छ ।

संघिय सरकारको १५ करोड ९३ लाख लागतमा निर्माण भएको दुधौली–५, सिर्थौलीमा १५ शैयाको नगर अस्पताल निर्माण भएको हो । त्यस अस्पताल सिर्थौलीको करिब २० कठ्ठा जग्गामा फैलिएको नगर प्रखले बताएका छन् ।

काभ्रेको न्यू ड्राईगन निर्माण सेवाले २०७७ मंसिर १५ गते शिलान्यास गरी अस्पताल निर्माणको काम सुरु गरेको थियो । नगर प्रमुख भन्छन् ‘अहिले १५ शैयया क्षमतामा निर्माण भएको अस्पतालाई आगामी दिनमा थप विकास गरी २५ शैय्यासम्म बनाउने योजना रहेकोछ’ । दुधौलि नगरपालिकाका प्रमुख दिनेश अधिकारी बताउछन् ।