काठमाडौं । मोरङमा एक महिलालाई बोक्सीको आरोप लगाएर यातना दिई मलमूत्र खुवाउने एक जना झाँक्रीलाई पक्राउ गरेको छ ।
जिल्लाको बूढीगंगा–७ बस्ने ५५ वर्षीया महिलालाई मलमूत्र खुवाएर दुर्व्यवहार गरिएको भन्दै सोही ठाउँ बस्ने ५० वर्षीया पारो माझीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । ।
प्रहरीका अनुसार माझी धामी झाँक्रीको काम गर्दे आएकी थिइन् । माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको भन्दै महिलामाथि चोरीको आरोप लगाइएको थियो ।
माझीले जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेर लगेको भन्दै बोक्सीको आरोप लागाई कुटपिट गर्दै महिलालाई यातना दिई मलमूत्र खुवाएको प्रहरीले जनाएको छ ।
पीडित महिला बिहीबार साँझ हरैचामा रहको प्रहरी कार्यालय पुगेर जाहेरी दिएकी थिइन् । उनले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनामा अरु व्यक्तिको संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।