डम्पिङ साइट : मिथेन ग्यास चुहावटको केन्द्रविन्दु बन्यो दक्षिण एसिया

दियो पोस्ट  

काठमाडौं । ल्याण्डफिल साइटबाट सबैभन्दा बढि मिथेन ग्यास चुहावट गर्ने मुख्य केन्द्र विन्दु दक्षिण एसिया बनेको खुलेको छ । बेलायती मिडिया दी गार्जियनले गरेको एक अनुसन्धानबाट ल्याण्डफिल साइटबाट मिथेन ग्यास चुहावटको मुख्य केन्द्र दक्षिण एसिया भएको खुलेको हो ।

उक्त खुलासाअनुसार सन् २०१९ यता ल्याण्डफिल साइटबाट मात्र १ हजारभन्दा धेरै चोटी ठूलो मात्रामा मिथेन ग्यास चुहावट भएको छ । संसारभरको ग्लोबल स्याटेलाइट तथ्यांक विश्लेषणलाई आधार मान्दा मिथेन ग्यास उत्सर्जनको मुख्य केन्द्र ९हटस्पट०मा दक्षिण एसियाली मुलुकहरु रहेका छन् ।

नयाँ तथ्यांकअनुसार सन् २०१९ जनवरीदेखि सन् २०२३ जुनसम्म १२५६ पटक ठूलो मात्रामा मिथेन ग्यास चुहावट भएको छ । सबैभन्दा बढि मिथेन ग्यास चुहावट गर्ने मुलुकको शीर्ष स्थानमा पाकिस्तान, भारत र बंगलादेश रहेको सो तथ्यांकले देखाउछ । साथै विकसित मुलुकमा भने अर्जेन्टिना र स्पेन दक्षिण एसियाली मुलुकपछिकै धेरै मिथेन ग्यास उत्सर्जन गर्ने मुलुकमा परेकोसमेत तथ्यांकमा प्रष्ट छ ।

मिथेन ग्यासले हरितगृह ग्यास उत्सर्जनमा विशेष भूमिका खेल्छ । हामीले फ्याक्ने फोहोरहरु अक्सिजन अभावमा कुहिँदा ल्याण्डफिल साइटबाट मिथेन ग्यास उत्सर्जन हुन्छ । पछिल्लो २० वर्षमा कार्बनडाइअक्साइड ग्यासभन्दा ८६ गुणा बढि ताप मिथेन ग्यासबाट वायुमण्डलमा उत्सर्जन हुने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । यदि अव्यवस्थित ल्याण्डफिल साइटबाट उत्सर्जन हुने मिथेन ग्यास नियन्त्रणबारे गम्भिर कदम चालिएन भने सन् २०५० सम्ममा अवस्था नाजुक हुने वैज्ञानिकहरुले चेतावनी दिदै आएका छन् ।

दी गार्जियनबाट

TATA ADD

सिफारिस