काठमाडौं । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक हिमालय विक्रम मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । ठकुरी विरुद्ध सहकारी ठगीको उजुरी परेको थियो ।
प्रहरी बृत्त बानेश्वरले सहकारी ठगी मुद्दामा हिमालय विक्रमलाई पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतबाट उनी सहति ६ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
गत साता भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रलयले कान्तिपुर सेभिङ्गलाईलाई समस्याग्रस्त घोषण गर्ने निर्णय गरेको थियो । सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ, जारी मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
को को हुन् संचालक ?
सहकारीका अध्यक्ष हुन्– हिमालय विक्रम मल्ल ठकुरी । उनी कान्तिपुर अस्पतालका समेत सञ्चालक हुन् । उनीद्वारा सञ्चालित कान्तिपुर अस्पताल नक्कली पिसिआर रिपोर्ट बनाउने धन्दामा समलग्न छ । गत वर्ष माघमा महानगरीय प्रहरी अपराध महासाखाले छापा मार्दा यस्तो धन्दा बाहिर आएको हो ।
उक्त अस्पतालले कोरोनाको रिपोर्टमा पोजिटिभलाई नेगेटिभ बनाउने धन्दा गरेको थियो । प्रहरीले यो अपराधमा समलग्नताको आरोपमा केही कामदारलाई पक्राउ गरेपनि अस्पताल संचालक मल्ललाई चलाउन सकेको थिएन् ।
यो पनि :
कान्तिपुर सहकारीका अध्यक्षले अवैध धन्दा गरेपछि बचतकर्ताको अर्बौं रुपैयाँ डुब्यो !