कान्तिपुर सहकारीका अध्यक्षले अवैध धन्दा गरेपछि बचतकर्ताको अर्बौं रुपैयाँ डुब्यो !

दियो पोस्ट  

काठमाडौं । राजधानीको शान्तिनगरमा रहेको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालकहरुको बदमासीका कारण बचतकर्ताको अर्बौं रुपैयाँ डुबेको छ ।

आर्थिक वर्ष २०७६÷७७ को आर्थिक प्रतिवेदन अनुसार कुल ५ अर्बभन्दा बढी सम्पत्ति तथा दायीत्व रहेको यस सहकारीका संचालकहरुले मनोमानी गर्दा हाल बचतकर्ताहरुले एक पैसा पनि नपाउने अवस्था श्रजना भएको छ ।
२५ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीले बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेपछि सहकारी संचालकहरुको बदमासी बाहिर आएको हो ।

बचतकर्ताहरुले फिक्स डिपोजिटमा राखेको २० लाख रुपैयाँ समेत नपाएपछि आइबार सहकारीको शान्तिनगरस्थित कार्यालयमा नाराबाजी शुरु भएको थियो । गत हप्ता फिक्स डिपोजिटमा राखेको अवधी पुगेपछि रकम झिक्त पुगेकी रमा कुमारी दाहालले २० लाख रुपैयाँ निकाल्न चाहेकी थिइन् । तर, सहकारी संचालकहरुले रकम दिनुको सट्टा नविकरण गरिदिन लागेपछि उनले प्रतिवाद गरिन् ।

 

“फिक्स डिपोजिटमा २० लाख राखेकी थिएँ । तर, पैसा दिइएन । मैले आधा पैसो अर्को हप्ता झिक्ने र आधा नवीकरण गर्ने सहमति गरेँ । अर्को हप्ता (आज) आउँदा मेरो सबै पैसा दिन नसक्ने रे,” सार्वजनिक रुपमा भनेकी थिइन् “आज त १५ हजार मात्र दिने रे । हामीले दुःख गरेर जम्मा गरेको पैसा जतिखेर पनि झिक्न मिल्नुपर्ने हो ।”

 

त्यस्तै, अर्का बचतकर्ता पनि आफूले राखेको पैसा झिक्न मिल्नुपर्ने माग गर्छन् । उनले पनि ३० लाख रूपैयाँ बचत गरेका छन् ।

 

कान्तिपुर सहकारीले गएको वर्ष नै २५ वर्ष पुगेको उपलक्ष्यमा २५ वटा शाखा कार्यालय विस्तार गर्ने लक्ष्य राखेको थियो । हाल यो सहकारीले काठमाडौं, भक्तपुर, बनेपा, ललितपुर र हेटौँडाबाट १३ वटा सेवा केन्द्र र केन्द्रीय कार्यालयसहित पाँच वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।

 

हालसम्म यो सहकारीमा करिब २० हजार सदस्य रहेका बताइएको छ । सहकारीले तिनकुनेमा कान्तिपुर हस्पिटल सञ्चालन गरिरहेको छ ।

को को हुन् संचालक ?

सहकारीका अध्यक्ष हुन्– हिमालय विक्रम मल्ल ठकुरी । उनी कान्तिपुर अस्पतालका समेत सञ्चालक हुन् । उनीद्वारा सञ्चालित कान्तिपुर अस्पताल नक्कली पिसिआर रिपोर्ट बनाउने धन्दामा समलग्न छ । गत वर्ष माघमा महानगरीय प्रहरी अपराध महासाखाले छापा मार्दा यस्तो धन्दा बाहिर आएको हो ।

उक्त अस्पतालले कोरोनाको रिपोर्टमा पोजिटिभलाई नेगेटिभ बनाउने धन्दा गरेको थियो । प्रहरीले यो अपराधमा समलग्नताको आरोपमा केही कामदारलाई पक्राउ गरेपनि अस्पताल संचालक मल्ललाई चलाउन सकेको थिएन् ।

सम्बन्धित खबर