न्याय पाएपछि सर्वोच्चको भुइँ ढोग्दै रोइन् भारती

दियो पोस्ट  

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती मानन्धरको पक्षमा फैसला सुनाएछि भावुक बनेकी छन् ।

सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाएपछि भावुक हुँदै भारतीले अदालतको भुइँमा ढोग्दै आफूले न्याय पाएको सन्देश दिइन् ।

न्याय माग्दै महिनौंदेखि काठमाडौं बसिरहेकी उनले मुद्दा जितेपछि सर्वोच्चको पेटी ढोगेकी हुन् ।