चन्द्रागिरिमा १ अर्बको अत्याधुनिक महिला अस्पताल निर्माण हुने, जर्मन विकास बैंक र नेपाल सरकारको संयुक्त लगानी

दियो पोस्ट डेस्क  

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ थानकोटमा सुविधा सम्पन्न अत्याधुनिक महिला अस्पताल निर्माण हुने भएको छ । जर्मन विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा उक्त अस्पताल निर्माण हुन लागेको हो ।

उक्त अस्पताल १ अर्ब लगानीमा निर्माण हुन लागेको हो । ‘सुविधा सम्पन्न परोपकार मातृत्व तथा महिला स्वास्थ्य अस्पताल’ निर्माणको लागि सोमबार आर्थिक सम्झौता भएको छ । जर्मन विकास बैंक, नेपाल सरकार र परोपकार महिला अस्पतालविच १ अर्बको आर्थिक सम्झौता भएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले आफ्नो फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन् ।

 

TATA ADD

सिफारिस