मधेशमा पार्टी परिवर्तनको लर्को, जनमतका दर्जनौँ नेता-कार्यकर्ता जसपामा प्रवेश

दियोपोस्ट संवाददाता  

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आइतबार दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले जनमत पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।

जनमत पार्टीबाट तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष पदका प्रत्यासी विजय यादव ९डाक्टर०को नेतृत्वमा सुरेन्द्र यादव, सफिद रहमान, मदन यादवलगायतका नेता तथा कार्यकर्ताहरू जसपा नेपालमा आवद्ध भएका हुन्।

नवप्रवेशीहरूलाई जसपा नेपालका केन्द्रीय नेता तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उमेश कुमार यादव, जिल्ला सचिव निरज मुक्ति, नेता एवं वडा अध्यक्ष मन्सुर मिश्र ९बाबा०, युवा नेता कृष्ण कुमार यादव ९क्रिस० लगायतले गम्छा, माला र टीका लगाएर भव्य स्वागत गरेका थिए।

नवप्रवेशीहरूको आगमनले पार्टी संगठन थप सुदृढ हुनुका साथै आगामी चुनावी अभियानलाई मजबुत बनाउने उम्मेदवार यादवले विश्वास व्यक्त गरे। उनले चुनावी अभियानका क्रममा आम मतदाताबाट पाएको उत्साहजनक समर्थन र प्रतिबद्धताले आफू थप हौसिएको बताए।

उम्मेदवार यादव हाल सप्तरी-२ अन्तर्गतका विभिन्न वडा तथा टोलहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी छलफल कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्।

सिफारिस