काठमाडौँ । चैनपुर नगरपालिका-१०, इखम्बुका ४७ वर्षीय लिला प्रसाद राईको हत्या अभियोगमा सोही स्थानका ५९ वर्षीय शिव कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आपसी विवादका क्रममा शिव कुमार राईले खुकुरी प्रहार गर्दा लिला प्रसाद राईको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर तथा प्रहरी चौकी खराङबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।