
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90
काठमाडौँ । अध्यागमन विभागले बिभिन्न राजीनितक पार्टीका नेताहरुको नाम लिई रकम संकलन गर्ने एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा फन्ड संकलन गर्ने उद्देश्यले नेपाली राजनीतिक पार्टीका नेताहरुको नाम दुरुपयोग गरेको आरोपमा एउनी पक्राउ परेका हुन् ।
अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार उक्त व्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरी, कृष्णबहादुर महरा लगायत १३ जना प्रतिष्ठित व्यक्तिहरूको परिचय दुरुपयोग गरेका थिए।
ती ब्यक्तिले ‘नेपाल इन्टरनेसनल कलेज’को नाममा वेबसाइट तयार गरी नेपालका चर्चित राजनीतिक व्यक्तित्वहरूको नाम जोडेर रकम संकलन गर्दै आएको बताइएको छ ।
त्यसैगरी वेबसाइटमा ‘लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम’ का नाममा अन्य प्रतिष्ठित नेपाली व्यक्तित्वहरूको नामसमेत समावेश गरिएको पाइएको विभागले जनाएको छ।
पक्राउ परेका ती अमेरिकी नागरिक पछिल्ला १२ वर्षमा ५० भन्दा बढी पटक नेपाल आवतजावत गरेको तथ्य खुलेको छ। उनी सन् २०१४ यता पर्यटन, कामकाजी तथा व्यावसायिक भिसामा पटक–पटक नेपाल आएको अध्यागमन विभागले जनाएको छ।
एउटै कलेजले दुई विश्वविद्यालयबाट सम्बन्धन लिन नमिल्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि ती व्यक्तिले उक्त कलेज त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालय दुवैबाट सम्बन्धन प्राप्त भएको भनी प्रचार गर्दै आएको पाइएको छ। तर त्यससम्बन्धी कुनै आधिकारिक प्रमाण नरहेको अध्यागमन विभागले स्पष्ट पारेको छ।