‘करेन्ट मार्ट’को दोस्रो शाखा बानेश्वरको कात्यानी चोकमा, यसोदा फुड्सका सम्पूर्ण उत्पादन एकै छानामुनि पाइने

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यसोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा ल्याएको छ । भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको अपार सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै, कम्पनीले काठमाडौँको बानेश्वरस्थित कात्यानी चोकमा आइतबारदेखि नयाँ शाखा विस्तार गरेको हो ।

नयाँ बानेश्वरको कात्यायनी चोकमा अवस्थित यस ‘करेन्ट मार्ट’को भव्य उद्घाटन गरिएको थियो । यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर श्री युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर मार्टको उद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा डाइरेक्टर घिमिरेले करेन्ट मार्टको बारेमा मिडियालाई विस्तृत जानकारी समेत दिएका थिए । नवनिर्मित ‘करेन्ट मार्ट’ मा उपभोक्ताहरूले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू एकै छानामुनि प्राप्त गर्न सक्ने बताइएको छ ।

मार्टमा करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोट्याटो क्र्याकर्स उपलब्ध हुने बताइएको छ । त्यसैगरि, चिया पारखीका लागि करेन्ट गोल्ड मसाला र सिटिसी चिया तथा बिभिन्न प्रकारका मसला (जिरा पाउडर, धनियाँ पाउडर, रातो खुर्सानी पाउडर आदि मार्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

उद्घाटनका क्रममा बोल्दै यशोदा फुड्सका चेयरम्यान चुन्न प्रसाद पौडेलले भैरहवाका उपभोक्ताहरूले ‘करेन्ट मार्ट’लाई उपभोक्ताले देखाएको माया र विश्वासले राजधानीमा पनि सेवा विस्तार गर्न उत्साहित बनाएको बताए । उनले भने, ‘उपभोक्ताहरूले अब कात्यायनी चोकबाटै हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरू सहज रूपमा खरिद गर्न सक्नुहुनेछ ।’

यसअघि कम्पनीले काठमाडौंको अनामनगर र शंखमुलमा ‘करेन्ट पोइन्ट’ मार्फत नुडल्स पारखीहरूलाई नयाँ स्वाद पस्किरहेको भन्दै पौडेलले नयाँ मार्टले पनि यशोदा फुड्सका प्याकेज्ड फुड खरिद गर्न चाहने ग्राहकहरूलाई विशेष सुविधा दिने विश्वास ब्यक्त गरे ।

सन् २०१७ मा स्थापित यसोदा फुड्स प्रा.लि.नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो । गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ ।

कम्पनीले ‘करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्दछ । जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ । आफ्ना उत्पादनहरू नेपालभरि र विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै कम्पनीले नेपाली स्वादलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

उद्घाटन समारोहमा कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खाती र सपना भुसाल लगायतको उपस्थिति रहेकोे थियो । साथै, उद्घाटन समारोहमा ग्राहक तथा शुभचिन्तकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

सिफारिस