काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ अन्तर्गत लाइफ इन्स्योरेन्स विधामा सम्मानित भएको छ । मनोनित जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफले उत्कृष्ट कार्यसम्पादन गर्दै उक्त अवार्ड जित्न सफल भएको हो ।
काठमाडौंमा आयोजित एक समारोहमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले अवार्ड ग्रहण गरेका थिए ।
नेपाली बीमा कम्पनीहरूको वित्तीय विवरण, प्रमुख सूचकहरू, सुशासन, दाबी भुक्तानी अनुपात, चुक्तापुँजी, प्रथम बीमा शुल्क आर्जन, मानव संसाधन विकासमा गरिएको लगानी, लगानी विविधीकरण, डिजिटल तथा नवीन सेवाको विस्तार, साथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमहरू लगायतका मापदण्डहरूको मूल्यांकनका आधारमा नेपाल लाइफलाई उक्त सम्मान प्रदान गरिएको हो ।
कम्पनीको कार्यकुशलता, प्रभावकारी र पारदर्शी नीति तथा योजना, आम जनमानसको उच्च विश्वास र लोकप्रियता, साथै चुस्त, सहज र विस्तारित सेवा प्रवाहका कारण नेपाल लाइफ सर्वोत्कृष्ट रहँदै अवार्डका लागि छनोट भएको आयोजकले जनाएको छ ।
अवार्ड ग्रहणपश्चात् प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यस उपलब्धिको श्रेय सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, सम्पूर्ण कर्मचारीवर्ग, अभिकर्ता, नियामक निकाय, शेयरधनी तथा नेपाल लाइफसँग आबद्ध सम्पूर्ण मूल्यवान ग्राहक महानुभावहरूलाई प्रदान गर्दै सबैप्रति हार्दिक आभार व्यक्त गरे ।
उनले सामूहिक सहकार्यको माध्यमबाट जीवन बीमाको महत्व र उपयोगिताबारे नेपाली समाजलाई अझ प्रभावकारी रूपमा सचेत गराउँदै बीमा संस्कृतिको प्रवर्द्धनमा नेपाल लाइफ निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे ।