काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा.बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको निधन भएको छ। ९७ वर्षको उमेरमा आज बिहीबार बिहान बाँसबारीस्थित न्युरो हस्पिटल मा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
स्वास्थ्य अवस्थामा समस्या देखिएपछि केही दिनदेखि अस्पतालमा उपचाररत भट्टराईका बुवाको आज बिहान निधन भएको थियो।
स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी रहेका छन् र आजै बिहान पशुपतिस्थित विद्युतीय शवदाह गृह (आर्यघाट) मा विधिपूर्वक अन्त्येष्टि गरिएको छ।
डा. बाबुराम भट्टराई र उनका परिवार पितृशोकमा रहेका छन्।