काठमाडौं । सामसङ नेपालले होली पर्वलाई लक्षित गर्दै वाशिङ मेसिन र रेफ्रिजरेटरहरूमा आकर्षक छुट, क्यासब्याक तथा एक्सचेन्ज बोनससहितको होली अफर सार्वजनिक गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४ सम्म नेपालभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ।
अफरअन्तर्गत ग्राहकहरूले वाशिङ मेसिन र रेफ्रिजरेटरका विभिन्न मोडेलहरूमा विशेष छुट, क्यासब्याक तथा सजिलो फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन्। सामसङका ७ केजीदेखि १२ केजी क्षमतासम्मका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट-लोड तथा सेमी-अटोमेटिक टप–लोड वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुने बताइएको छ।
त्यसैगरी, सिंगल डोर, डबल डोर तथा साइड-बाई-साइड रेफ्रिजरेटरहरूमा १७ प्रतिशतसम्म क्यासब्याक प्रदान गरिनेछ। सामसङ वाशिङ मेसिनहरूमा डिआइटी मोटरमा २० वर्षको वारेन्टी तथा ४०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध रहेको सामसङ नेपालले जनाएको छ।
सामसङ नेपालका अनुसार रेफ्रिजरेटरहरूमा ३०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा सुविधा प्रदान गरिएको छ, जसले दीर्घकालीन टिकाउपन सुनिश्चित गर्ने कम्पनीको दाबी छ। सबै मोडेलहरूमा निःशुल्क इन्स्टलेसन सुविधा समेत उपलब्ध हुनेछ।
होली अफरअन्तर्गत वाशिङ मेसिनतर्फ सेमी-अटोमेटिक टप-लोड ७ केजी र फुली अटोमेटिक टप-लोड ८ केजी क्षमताका मोडेलहरूमा १२ प्रतिशतसम्म क्यासब्याक, एआई इकोबबल फ्रन्ट-लोड ९ देखि १२ केजी क्षमतामा २० प्रतिशतसम्म तथा एआई इकोबबल वाशर ड्रायर ९ देखि ११ केजी क्षमतामा २३ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइने बताइएको छ।
त्यसैगरी, रेफ्रिजरेटरतर्फ ७ सय लिटर क्षमताको साइड-बाई-साइड (एसबिएस)मा ११ प्रतिशत, ३५० देखि ४१९ लिटर क्षमताको ५ इन १ रेफ्रिजरेटरमा १६ प्रतिशत, २५३ देखि २७५ लिटर क्षमताको डबल डोरमा १७ प्रतिशत तथा १९२ देखि २३० लिटर क्षमताको सिंगल डोर रेफ्रिजरेटरमा १५ प्रतिशतसम्म क्यासब्याक प्रदान गरिने सामसुङ नेपालले बताएको छ।
यसका साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले शुन्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई विकल्पसहित सामसङका होम अप्लायन्सहरू खरिद गर्न सक्नेछन्। प्रक्रिया झन्झटरहित रहेको र केवल नागरिकता आवश्यक पर्ने कम्पनीले जनाएको छ।
नयाँ सामसङ टिभी वा होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर तथा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूमार्फत आफ्ना पुराना उपकरणहरू साटेर (एक्सचेन्ज) नयाँ उत्पादन खरिद गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ।