बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, पुर्चौडी नगरपालिकामा शोक बिदा

दियोपोस्ट संवाददाता
काठमाडौँ । बैतडीको पुर्चौडी नगरपालिका-७ स्थित बडगाउँमा बिहीबार राति ८ बजे जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। प पुर्चौडी नगरपालिका-७ को भौनीबाट दुलही लगेर फर्किएको वनदूत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको  जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, अन्दाजी २७ वर्षीय दीपक जोशी र अन्दाजी ४५ वर्षीय किसनदत्त जोशीको मृत्यु भएको प्रहरी जनाएको छ। यस्तै, बझाङ केदारस्यु गाउँपालिका-७ का अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौडी-७ का अन्दाजी १४ वर्षीय सुशील जोशीको पनि ज्यान गएको छ।
दुर्घटनामा घाइतेमध्ये २५ जनाको डडेलधुरा अस्पतालमा, ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ। बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बेहुला–बेहुली अर्को गाडीमा रहेकाले सकुशल छन्। बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो।
घटनामा ३४ जना घाइते भएको प्रहरीले जनएको छ । मृत्यु हुनेमा बझाङ र बैतडीका विभिन्न स्थानका नागरिकहरू रहेका छन्। घाइतेहरुको  डडेल्धुरा, धनगढी र बझाङका अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।
घटनाका बारेमा प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । १३ जनाको ज्यान जाने गरि भएको दुर्घटनामा दुःख व्यक्त गर्दै बैतडीको पुर्चौडी नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गरेर शोक बिदा दिएको हो ।
मृतकको नामावली
१. बिसनदत्त जोशी
२. दीपक जोशी
३. किसनदत्त जोशी
४. केशवराज भट्ट
५. सुशील जोशी
६. केशवराज जोशी
७. अशोकराज जोशी
८. बसन्त जोशी
९. विष्णुदत्त जोशी
१०.नरेशराज जोशी
११. मोहनदेव भट्ट
१२. बसन्तराज रतला
१३ ……

सम्बन्धित खबर

सिफारिस