श्रोत नखुलेको रकम १८ लाख ५० हजार रुपैयाँसहित बूढानीलकण्ठबाट एक व्यक्ति पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका-१, तौलुङ क्षेत्रमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले नियमित गस्ती गर्ने बुधबार राति ४ः३० बजेको समयमा शङ्कास्पद रूपमा हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। गस्तीमा रहेको प्रहरीले उदयपुर घर भई हाल काठमाडौंस्थित कोटेश्वरमा बसोबास गर्दै आएका ४५ वर्षीय प्रबिन किसनलाई नियन्त्रणमा लिएको हो ।

किसनको साथबाट श्रोत नखुलेको नगद रकम १८ लाख ५० हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। उक्त रकमसहित प्रबिन किसनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, हरिहरभवन, ललितपुर पठाइएको छ।

सिफारिस