एमाले बागमती प्रदेश कमिटी सदस्य निमफुन्जो शेर्पा नेकपामा प्रवेश नेकपामा प्रवेश

दियोपोस्ट संवाददाता

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य तथा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाका पूर्व मेयर निमफुन्जो शेर्पा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शेर्पाले औपचारिक रूपमा नेकपामा प्रवेश गरेका हुन्।

कार्यक्रममा नेकपाका शीर्ष नेता तथा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई पार्टीमा स्वागत गरेका थिए। नेकपा प्रवेश कार्यक्रममा शेर्पासहित एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताहरू पनि सहभागी थिए। लामो समयदेखि एमालेभित्र असन्तुष्टि जनाउँदै आएका शेर्पाले वैचारिक तथा संगठनात्मक कारणले नयाँ राजनीतिक यात्रा रोजेको बताइएको छ।

शेर्पा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका पूर्व मेयर हुन्। स्थानीय तहमा प्रभावशाली नेताका रूपमा चिनिएका उनले नगर प्रमुखको हैसियतमा रहँदा पूर्वाधार विकास र स्थानीय शासनका क्षेत्रमा काम गरेका थिए।

उनको नेकपा प्रवेशलाई बागमती प्रदेश तथा सिन्धुपाल्चोक जिल्लाको राजनीतिक परिदृश्यमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

सम्बन्धित खबर

सिफारिस