राष्ट्रिय मुक्ति पार्टीका उम्मेद्वार राजीव झा रास्वपा प्रवेश

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजीव कुमार झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । उनले आफ्नो पार्टी र उम्मेद्वारी छाडेर रास्वपाका उम्मेदवार मनिष झालाई समर्थन गर्दै रास्वपामा प्रवेश गरेका हुन् ।

सो अवसरमा झाले आफू लामो समयदेखि मधेसको राजनीतिमा सक्रिय रहेको भन्दै मधेसी प्रधानमन्त्री बन्ने अवसर सिर्जना भएको कारण रास्वपालाई सहयोग गर्न लागेको बताए । उनले आफ्नो तर्फबाट रास्वपाका उम्मेदवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

धनुषा-३ क्षेत्र आगामी निर्वाचनमा नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, नेकपा एमालेबाट जुली कुमारी महतो, रास्वपाबाट मनिष झा, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट परमेश्वर साह चुनाबी मैदानमा छन् ।