काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ। वानखेड़े स्टेडियम, मुंबईमा बुधबार दिउँसो सम्पन्न खेलमा नेपाली टोलीले दिएको १२४ रनको लक्ष्य इटलीले कुनै विकेट गुमाए बिना मात्र १२.४ ओभरमै पूरा गरेको छ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो तर लक्ष्य नेपाली टोली १९.३ ओभरमा १२३ रनमा अलआउट भयो। इटलीको सबैभन्दा ठूलो साझेदारी प्रस्तुत गर्दै जस्टिन मोस्का ६० तथा एन्थोनी मोस्का ६२ रनमा अविजित रहेर विजयी रन जोड्न सफल भए। इटलीले लक्ष्य सहजै पूरा गर्दै १० विकेट अन्तरले जित निकालेको हो।