बुल्गेरिया पठाइदिने नाममा २ करोड ८४ लाख ठगी, ‘कोज्मो कन्सल्टेन्सी’का सञ्चालकविरुद्ध मुद्दा

दियोपोस्ट संवाददाता  

काठमाडौँ। बुल्गेरियामा श्रम भिसामा पठाइदिने प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँस्थित ‘कोज्मो एजुकेसन कन्सल्टेन्सी’का सञ्चालक बिरुद्ध मुद्दा दायर गरिएको छ । पीडितको निवेदनका आधारमा सर्लाहीका ५५ वर्षीय लालबाबु रामविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरिएको हो ।

रामविरुद्ध २ करोड ८४ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । प्रहरीका अनुसार रामविरुद्ध हालसम्म २५ वटा मुद्दा दर्ता भइसकेका छन्। तर, उनी भने पुस १९ गतेदेखि फरार रहेका छन्।

वैदेशिक रोजगार विभागले कन्सल्टेन्सीमा कार्यरत टीकापुरकी २१ वर्षीया हिमा नायक र इलामकी २२ वर्षीया आस्था खड्कालाई तारेखमा रिहा गरिएको जनाएको छ।

पीडितहरूका अनुसार कन्सल्टेन्सीले भारतको राजधानी दिल्ली हुँदै बुल्गेरिया पठाइदिने भन्दै करिब तीन सय जनाबाट रकम असुलेको थियो। प्रतिव्यक्ति २ लाख ५० हजार रुपैयाँका दरले रकम उठाइएको बताइएको छ।

 

सिफारिस