काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेकोछ । ‘एकै योजना बहु-लाभ ! सबै नारीका लागि सजिलो पहुँच !’ भन्ने नाराका साथ उक्त योजना सार्वजनिक गरिएको योजना हो ।
महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित विशेष योजना भएको कम्पनीले जनाएको छ । यस योजनाको मुख्य विशेषता भनेको बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कको आधारमा नगद सुबिधा प्रदान गरिनु, वृद्धिशील मृत्यु लाभः मृत्युमा प्रदान गरिने बीमाङ्क रकम हरेक ५ वर्षमा २५ प्रतिशतले बढ्नु रहेको बताइएको छ ।
नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पूरक करार सुविधा समेत समावेश गरिएको यस योजनाले नारीको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा एकैसाथ प्रदान गरी सुनिश्चित भविष्यको सुरुवात गर्नेछ ।
नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना नारीको जीवनमा सुरक्षा, आत्मनिर्भरता र भविष्यको सुनिश्चिततालाई केन्द्रमा राखी तयार गरिएको विशेष जीवन बीमा योजना हो । समानतासँगै सम्मानपूर्वक जीवनयापन गर्न सकून् भन्ने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक नारी लक्षित, महत्वपूर्ण ऐच्छिक सुविधाहरू सहित यो योजना सार्वजनिक गरेको बतइएको छ । नारीवर्गमा समर्पित यस योजनाले नियमित आम्दानी, आर्थिक सुरक्षा तथा दीर्घकालीन आर्थिक सुनिश्चितता एकैसाथ प्रदान गर्ने बिश्वास लिइएको छ ।
मातृत्व नारी जीवनको सबैभन्दा सुन्दर, महत्वपूर्ण र संवेदनशील समय भएको र गर्भावस्थाको समयमा कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्या पनि आइपर्न सक्ने भएकाले समग्र नारीकै लागि योजना बनेको कम्पनीले जनाएको छ ।
गर्ववती नारी लक्षित मातृत्व सुरक्षालाई ध्यानमा राखेर नेपाल लाइफले नेपाली जीवन बीमा जगतमै पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा ल्याएको बताएको छ ।
कम्पनीका अनुसर गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा अन्तर्गत यदि गर्भावस्थाको समयमा यस पूरक करार भित्र पर्ने ११ वटा गम्भीर गर्भावस्था सम्बन्धी जटिलतामध्ये कुनैपनि जटिलता पुष्टि भएमा एकमुष्ट रु. १ लाख तुरुन्तै उपलब्ध हुनेछ ।
गर्भावस्था स्याहार सम्बन्धी अतिरिक्त पूरक करार सुविधा अन्तर्गत बीमा अवधीभित्र यदि बीमित महिला गर्भवती भएको प्रमाणित भएमा गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाको लागि १ पटकका लागि एकमुष्ट १० हजार रुपैयाँ नेपाल लाइफले प्रदान गर्ने कम्पनीले जनाएको छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) न्यूनतम बीमाङ्क रकम दुई लाख ५० हजार रुपैयाँ र अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा गर्न सकिने बताइएको छ ।
यस योजनामा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष हुन पर्ने प्रावधान राखिएको छ । यस योजनासँगै विभिन्न ऐच्छिक पुरक करार सुविधा पनि लिन सकिन्छ जस्तै एडिबीः दुर्घटना मृत्यु लाभ, पिटिडीः पूर्ण स्थायी अशक्तता सुविधा, पिडब्ल्युबीः बीमाशुल्क छुट सुविधा पनि योजनासँगै लिन सकिने बताइएको छ ।