बनेपामा स्कुटर चालकको मृत्युपछि स्थानीयद्वारा प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

दियोपोस्ट संवाददाता  

काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत बनेपाको दूरसञ्चार कार्यालय नजिकै बुधबार बिहान भएको टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश (२)०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा अर्का एक जना घाइते भएका छन्। दुर्घटना बनेपाको दूरसञ्चार कार्यालय नजिकै बुधबार बिहान भएको प्रहरीले जनाएको छ। घटनापछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने टिपरमा आगजनी गरेका छन्।

स्थिति नियन्त्रणमा लिन खोज्दा प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। हाल आक्रोशित समूहले अरनिको राजमार्ग अवरुद्ध गरेर प्रदर्शन जारी राखेका छन्।

घटनापछि बनेपा बजार क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

सिफारिस