काठमाडौं । यामाहा नेपालले भ्यालेन्टाइन सप्ताहको अवसर पारेर सञ्चालन गरेको विशेष अभियान “मायासँग मायाको यात्रा” देशभर उत्साहका साथ सम्पन्न गरेको छ। प्रेम र खुसी साटासाट गर्ने उद्देश्यले सुरु गरिएको उक्त अभियानले कम्पनीको ग्राहक-केन्द्रित सोच र राष्ट्रव्यापी उपस्थितिलाई थप मजबुत बनाएको छ। सातै प्रदेश समेटिएको यस कार्यक्रमले ब्रान्डको पहुँचलाई अझ व्यापक बनाएको छ।
अभियानअन्तर्गत नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकलाई सवारी हस्तान्तरणका क्रममा कस्टमाइज चकलेट प्रदान गर्दै अनुभवलाई अझ मिठासपूर्ण बनाइएको थियो। शोरूमहरूमा भ्यालेन्टाइन थिममा विविध कार्यक्रम आयोजना गरी ग्राहकलाई विशेष अनुभूति दिलाउने प्रयास गरिएको कम्पनीले जनाएको छ।
यस अवसरमा देशभरका शोरूमहरूमा सजाइएका फोटोबुथमार्फत राष्ट्रव्यापी प्रतियोगिता सञ्चालन गरिएको थियो। ग्राहकहरूले त्यहाँ खिचिएका तस्बिर सामाजिक सञ्जालमा साझेदारी गरेका थिए। प्राप्त सहभागितामध्ये प्रत्येक प्रदेशबाट एक–एक जना विजेता छनोट गरी विशेष भ्यालेन्टाइन डिनरको अवसर प्रदान गरिएको थियो।
प्रदेशगत विजेताहरूमा बिशाल माझी (बागमती, चाबहिल), चन्दा श्रेष्ठ बस्नेत (कोशी, बिर्तामोड), सीता कुमारी तामाङ (मधेश, बर्दिबास), अब्दुल अजीज खान पठान (लुम्बिनी, नेपालगञ्ज), शालिभान बोहरा (सुदूरपश्चिम, धनगढी), अनीता रास्कोटी (कर्णाली, सुर्खेत) र अशोक कुमार दर्जी (गण्डकी, पोखरा) रहेका छन्।
त्यसैगरी, कुमारिपाटीका श्री देवराज स्याङ्बोले ग्रान्ड प्राइजस्वरूप काठमाडौंस्थित एक प्रिमियम होटलमा विलासी ‘स्टेकेसन’ जित्दै आफ्नो भ्यालेन्टाइन उत्सवलाई अझ अविस्मरणीय बनाएका छन्।
शोरूम कार्यक्रमसँगै देशका प्रमुख सहरमा उच्च-ऊर्जा मल एक्टिभेसन कार्यक्रम पनि आयोजना गरिएको थियो। बानेश्वरको आइप्लेक्स मल र सामाखुसीको सिटी स्क्वायर मलमा सम्पन्न कार्यक्रममा इन्टरएक्टिभ पजल गेम, फ्ल्यासमब, लाइभ होस्टिङ तथा इन्स्ट्यान्ट गिफ्ट ह्याम्पर जस्ता गतिविधिले युवादेखि परिवारसम्म सबैलाई आकर्षित गरेको थियो।
‘मायासँग मायाको यात्रा’ अभियानमार्फतयामाहा नेपालले प्रेम, मनोरञ्जन र ग्राहक सम्मानलाई एउटै उत्सवमा समेट्दै ब्रान्ड-ग्राहक सम्बन्धलाई थप सुदृढ बनाएको जनाएको छ। यस वर्षको भ्यालेन्टाइन सप्ताहलाई सम्झनायोग्य बनाउन अभियान सफल भएको कम्पनीको विश्वास छ।
MAW Rides Pvt. Ltd.अन्तर्गत सञ्चालित यामाहा नेपालले जापानी प्रविधि र आकर्षक डिजाइनयुक्त दुईपाङ्ग्रे सवारी साधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। सशक्त डिलर नेटवर्कमार्फत उन्नत प्रविधि, चालक-केन्द्रित सुरक्षा तथा भरपर्दो अफ्टर सेल्स सेवामा प्रतिबद्धता जनाउँदै आएको कम्पनीले जनाएको छ।