जनमतका समानुपातिक उम्मेदवार नेकपा प्रवेश, नेकपाका उम्मेदवार नायकलाई समर्थन

दियोपोस्ट संवाददाता  

सिराहा । जनमत पार्टीका समानुपातिक उम्मेदवार हरेराम दनुवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। कर्जन्हा नगरपालिका–८ का वडाध्यक्षसमेत रहेका दनुवार मंगलबार आयोजित कार्यक्रममा नेकपामा औपचारिक रूपमा आबद्ध भएका हुन्।

उनीलाई नेकपाका केन्द्रीय सदस्य तथा सिराहा क्षेत्र नं.४ का प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार अजय शंकर नायक, नेता रामचन्द्र ठाकुर र प्रकाश अधिकारी लगायतले स्वागत गरेका थिए।

दनुवारले सिराहा क्षेत्र नं. ४ मा नेकपाका उम्मेदवार नायकलाई विजयी बनाउन आफू पार्टी प्रवेश गरेको बताएका छन्। विकास, राजनीतिक स्थायित्व र सहकार्यलाई प्राथमिकता दिँदै उक्त निर्णय लिएको उनले उल्लेख गरे।

सिफारिस