काठमाडौँ । न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली भएको छ। मंगलबार बिहानैदेखि धुम्मिएको काठमाडौँमा अपरान्हदेखि पानी पर्न सुरु गरेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ । बिहानैदेखि काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ, जसका कारण दैनिक जनजीवन प्रभावित भएको छ।