काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट मुक्ति समाज दोलखाका विभिन्न नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहालले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा स्वागत गरेका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा खड्गबहादुर गजमेर, सिताराम विक, खड्कबहादुर खाति, हलबहादुर खाति, राजन खाति, गीता खाति, अजित रिजाल, रामजी खाति, रमेश खाति, पदम सेन्चुरी, भुवन खाति, शकुन्तला खाति, दीपबहादुर खाति, चन्द्र गजमेर, गणेश रिजाल, रजनी खाति, राहुल लामिछाने, रोहित कार्की, अरुण सुवेदी, सुरज मोत्तमान, रञ्जिता खाति, शरण रसाली, राजु रिजाल, देवी रिजाललगायत रहेका छन्।
सो अवसरमा संयोजक प्रचण्डले नवप्रवेशीहरूलाई स्वागत गर्दै देशमा वामपन्थी आन्दोलनलाई थप सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिष्ट शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।