काठमाडौँ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार देपेन्द्रबहादुर शाहीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। सो क्षेत्रकी उम्मेदवार विना मगरलाई विजयी गराउने भन्दै उनी बुधबार नेकपामा प्रवेश गरेका हुन् ।
तीन दिन अघि बेलौरीमा पत्रकार सम्मेलन गरी प्रलोपाको चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीले पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका थिए ।
शाहीसँगै प्रलोपाका कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमरसिंह विष्टसहित ५४ जना नेता-कार्यकर्ता पनि नेकपामा आबद्ध भएका छन् । शाही र विष्ट दुवै प्रलोपाका केन्द्रीय सदस्यका रूपमा सक्रिय थिए।
नेकपामा प्रवेशपछि शाहीसहितका नेता-कार्यकर्ताले कञ्चनपुर-१ बाट उम्मेदवार रहेकी महिला नेतृ विना मगरलाई विजयी गराउने अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्।