प्रतिनिधिसभा निर्वाचनका लागि सञ्चारकर्मीलाई सवारी साधन अनुमति सिफारिस गरिने

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन-२०८२ का अवसरमा समाचार संकलन प्रयोजनका लागि सञ्चारकर्मीलाई सवारी साधन प्रयोगसम्बन्धी अनुमति सिफारिस गरिने भएको छ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागले शुक्रबार एक सूचना जारी गर्दै निर्वाचन आयोगको “सवारी साधन अनुमति सम्बन्धी कार्यविधि, २०८२” अनुसार सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीलाई सवारी साधन अनुमतिका लागि सिफारिस प्रदान गरिने जनाएको हो।

विभागका अनुसार सिफारिस आवश्यक पर्ने सञ्चार प्रतिष्ठानहरूले आवश्यक संख्यामा पत्रकारहरूको एकमुष्ट नामावली तथा सवारी साधनको विवरण तोकी विभागमा निवेदन पेश गर्नुपर्नेछ।

निर्वाचन अवधिभर समाचार संकलन र प्रसारण कार्यलाई सहजीकरण गर्ने उद्देश्यले उक्त व्यवस्था गरिएको विभागले जनाएको छ।

सिफारिस