ग्राहकमाथि वर्ल्डलिंकको यस्तो ‘ठगीधन्दा’ : २० एमबिपिएसको पैसा लिएर १० एमबिपिएस स्पिड !

Diyo post  

काठमाडौं, १९ माघ । राजधानी काठमाडौं स्थित बानेश्वरकी बिनिता नेपाली (नाम परिवर्तन)ले वर्ल्डलिंक नामक इन्टरनेट जोडिन् । वर्ल्डलिंकका कर्मचारीले इन्टरनेट जोड्नुअघि ‘प्याकेजहरु बारे स्पष्ट बताएनन् । ‘मासिक १४ सय रुपैयाँ बुझाउनुपर्छ । अहिले तीन महिनाको शुल्क, कर र जडान खर्च गरेर १३ हजार ५ सय ६० रुपैयाँ दिनु’ कर्मचारीले यसो भनेपछि उनले सोही रकम बुझाइन् ।


तीन महिनापछि उनलाई सुचना नदिई इन्टरनेट चल्न छाड्यो । उनले वर्ल्डलिंकको नम्बर ९८०१५२३०५० मा सम्पर्क गर्दा शुल्क बुझाएपछि मात्रै इन्टरनेट चल्छ भन्दै कर्मचारीले कार्यालयमा आएर शुल्क बुझाउन अह्राए । शुल्क बुझाउन उनी वर्ल्डलिंकको काउन्टरमा पुगिन् । काउन्टरका कर्मचारीले मासिक ४ हजार ५ सय ५० रुपैयाँ तिनुपर्ने बताएपछि उनी छाँगाबाट खसे सरह भईन् ।

यो पनि

इन्टरनेटको नाममा भायनेटको ठगीधन्दा : ‘डिभाइस चेन्ज गर्नुपर्छ’ भन्दै ग्राहकबाट २५ सय ठग्दै !

वर्ल्डलिंकका कर्मचारीले उनलाई एसएमई प्याकेज अन्तर्गत मासिक २० एमबिपिएसको स्पिड इन्टरनेट प्याकेज लगाईदिएका रहेछन् । २० एमबिपिएसको स्पिड भनिएपनि ईन्टरनेट भने १० एमबिपिएस पनि नचल्ने गरी वर्ल्डलिंकले उनीजस्तै लाखौँ ग्राहकलाई ठगी गर्दै आएको पाइएको छ ।


नीजि क्षेत्रको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक कम्पनिको रुपमा चर्चामा रहेको वर्ल्डलिंकले अधिकांश ग्राहकलाई झुक्याउँदै ठगी गर्दै आएको छ । ‘एक पटक सुचना पनि नदिई नेट काटिँदो रहेछ । हामीलाई शुरुमा १४ सय रुपैयाँ बुझाउनुपर्छ भनिएको थियो । कर्मचारीले नै अर्को प्याकेज हालिदिएका रहेछन्,’ उनले भनिन्,‘उनीहरुले यस्तै गरेर ठगी गर्दा रहेछन् । मलाई जति २० एमबिपिएस स्पीडको भनेर रसिदमा लेखिएको छ । तर नेट भने असाध्यै स्लो चलिरहेको छ ।’

दिलिप अग्रवाल


‘करिब दुई दशकदेखि इन्टरनेटसम्बन्धी सेवा सञ्चालन गर्दै आएको सो कम्पनीले ग्राहकलाई कम्तीमा २० एमबीपीएस सेवा उपलब्ध गराउने भन्दै ग्राहकबाट मासिक ४ हजार ५ सय २० रुपैयाँ लिँदै आएको छ । तर डाउनलोड र अपलोड दुवैमा आधाभन्दा बढी नेट–स्पिड (एकतिहाइ एमबीपीएस मात्र) उपलब्ध गराएर दुईतिहाइ एमबीपीएससम्म ठगी गर्ने गरेको यसअघि नै थाहा भएको हो ।

यो पनि पढ्नुहोस्

‘हिटरनेट अफर’को नाममा वर्ल्डलिंकको ठगीधन्दा : पैसा तिरेको १७ दिनसम्म ग्राहकले हिटर पाएनन् !

ईन्टरनेटमा वर्ल्डलिंकको कालाेबजारी : ग्राहक भन्छन्, ‘ठग कम्पनी, पैसा लिन्छ सेवा दिँदैन’



ग्राहकलाई आकर्षित गर्न विभिन्न योजना ल्याउने यो कम्पनिले सेवा लिइरहेका ग्राकहलाई भनी ठगि गर्दै आएको छ ।

‘यो एक जनालाई मात्रै होइन अधिकांश नेपालीलाई यसरी नै ठगी भइरहेको छ,’ एक सफ्टवेर विज्ञ भन्छन्,‘मैले २० एमबिपिएसको पैसा तिरेर किने १० एमबिपिएस मात्रै चलाउने ? मलाई सिधै १० एमविपिएस ठगि भइरहेको छ ।’


वर्ल्डलिंकको ९८०१५२३०५० नम्बरमा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले ‘प्याकेज’ चेन्ज गर्न सुझाव दिए ।


दिलिप अग्रवाल सञ्चालक र सिइओ रहेको यो कम्पनि अवैध भिओआइपी कल बाइपासमा समेत पटक पटक समलग्न हुँदै आएको छ ।

समाचारमा प्रयाेग गरिएकाे तस्विर http://nextgrowthconclave.com बाट साभार गरिएकाे हाे ।

सामाजिक संजालमा एक सफ्टवेर विज्ञयले यसरी वर्ल्डलिंककाे ठगीधन्दाबारे विस्तृतमा बताउँछन् ।

सम्बन्धित खबर