
ताइपेइ,माघ २७ । ताइवानमा अघिल्ला वर्षहरुको तुलनामा काम गर्नेहरुको जनसंख्या घट्दै गएको देखिएको छ ।
सन् २०१२ मा कुल जनसंख्याको ७४.२२ प्रतिशत कार्यशीलको संख्या रहेकोमा सन् २०१८ मा घटेर ७२.६२ प्रतिशत भएको अधिकारीले जनाएका छन् ।
आन्तरिक मामिला अधिकारीले यो तथ्याङ्कबाट आश्रितको संख्या बढ्दै गएको देखिएको पनि बताएका छन् ।
सन् २०१८ को अन्त्यसम्ममा ताइवानको कुल जनसंख्या दुई करोड ३५ लाख ९० हजार रहेको तथ्याङ्क छ ।
ताइवानमा १५ बर्षदेखि ६४ बर्षसम्मको जनसंख्यालाई क्रियाशील जनसंख्या मानिएको छ । (रासस/सिन्ह्वा)