
काठमाडौं, फागुन ६ । प्रज्ञा लालाबाला दोस्रो एकल बाल नाटक महोत्सबमा उत्कृष्ट ५ नाटक छनौट भएका छन् । देशभर बाट करिब ४० वटा जति बिद्यालयका ४९ जना कलाकारले सहभागिता जनाएको महोत्सब ३ दिन सम्म चलेको थियो ।
बरिष्ठ रङ्गकर्मी हरिहर शर्मा र देशभक्त खनाल निर्णायक रहेको एकल बाल नाटक महोत्सबमा निकै राम्रा नाटकहरु आएका थिए । ती मध्ये पनि मुख्य निर्णायक हरिहर शर्माले ५ उत्कृष्ट नाटक घोषणा गरे । ५ उत्कृष्टमध्ये रङ्गकर्मी, नाटक निर्देशक घनश्याम गौतम द्वारा निर्देशित लिटिल एन्जल्स स्कुलको ‘मृत्यु गोठ, जीवन बराल द्वारा निर्देशित निनिको कल, अजित अर्यालको निर्देशन रहेको कमला, सन्चिता पराजुली निर्देशन रहेको जुगल ई स्कुलको बाई बडी, स्कुल एम्बिशन एकेडेमीको प्रेरणा भट्टराई आफनै निर्देशनको मेरी मुसी नाटक उत्कृष्ट छनौट भएका थिए ।

उत्कृष्ट नाटकका कलाकार ले नगद ४ हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए । पुरस्कार बितरण कार्यक्रममा सम्पुर्ण बिद्यालयलाई मायाको चिनो प्रदान गरिएको थियो । साथै यसै बर्ष देखि नियमित बिद्यालयमा थियटर पढाउने थियटर निर्देशकहरुलाई थियटर एजुकेशन २०७५ द्वारा सम्मानित गरिएको छ सम्मानित हुनेहरुमा रङ्गकर्मीहरु प्रकेश सिन्धुलिय, जीवन बराल, घनश्याम गौतम, प्रल्हाद खरेल, प्रभाकर न्यौपाने, अजित अर्याल, सन्जिता पराजुली, पुस्पराज अवस्ती, बिजय कार्की, प्रकाश दाहाल, देब जोशी,सुरेन्द्र क्षेत्री, परिक्षित बिक्रम राना, सुरज तामु र सागर कान्छो रहेका छन् ।

महोत्सब मा उत्कृस्ट हुने , क्रिएटिभ बिद्यालयकी बिदिशा महर्जन, लिटिल एन्जल्स स्कुलकी आयुश्मा पौडेल, एम्बिशन एकेडेमीकी प्रेरणा भट्टराई, जुगल ई। स्कुलकी स्मेरा बिस्ट र पायोनियर पब्लिक स्कुलकी दिपिका ढुङ्गाना लाई श्रीलङ्का मा अन्ताराष्ट्रिय नाटक महोत्सबमा सहभागी गराइने छ ।

आगामी दिनमा सहभागिता अझै बढाएर ब्यवस्थित ढङ्गले महोत्सब गरिने माहोत्सब निर्देशक टँक चौलागाईले बताए । महोत्सब फागुन १ , २ र ३ गते गरि ३ दिन शिल्पी थियटरमा सन्चालन भएको थियो ।