काठमाडौं, फागुन १५ । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको उपाधी नेपालले जितेको छ । थाईल्याण्डमा भएको खेलमा कुवेतलाई ३० रनले हराएर नेपालले जित हात पारेको हो । बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा नेपालले दिएको ११७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो ।
कुवेतका लागि कप्तान मार्याम ओमारले सर्वाधिक २९ रन जोडिन् । यस्तै प्रियादा मुरालीले १४ तथा सब्रिन जाकी र मारियामा हेदरले समान १२÷१२ रन बनाईन् ।
कुवेतलाई सस्तैमा समेट्न कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिईन । रुबिनाले अन्तिम ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिएकी थिईन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ११६ रन बनाएको थियो ।
खराब सुरुवात गरेको नेपालको लागि बिन्दु रावलले अविजित रहदै सर्वाधिक २८ रनको योगदान दिईन् । ४८ रन जोड्दा ५ विकेट गुमाईसकेको नेपालको सम्मान जनक योगफलमा बिन्दुले ४९ बलमा एक चौका प्रहार गरिन् । कप्तान रुबिना क्षेत्रीले १३ बलमा ३ चौकासहित २२ रन बनाईन् ।
यस्तै नेरी थापाले १९, काजल श्रेष्ठले १८ रन जोड्दा इन्दु बर्मा र रोमा थापाले समान ७र७ रन बनाईन् । नेपालकी ओपनर सिता राना मगर र सरिता मगर सुन्य रनमा पेभेलियन फर्किए ।
कुवेतका मर्याम ओमर र प्रियादा मुरालीले समान २र२ विकेट लिईन् ।
अन्तिम खेलमा कुवेतलाई पराजित गरेपनि नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ ।
कुवेतलाई फराकिलो अन्तरले पराजित गर्न नसक्दा नेपाल रन रेटमा थाइल्याण्डसंग पछि परेको हो ।
जितसंगै नेपालले ६ खेलबाट १० अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ ।
थाइल्याण्ड १० अंक जोडेर शीर्ष स्थानमा रहदा युएई ८ अंक जोडेर तेस्रो स्थानमा छ । अन्तिम खेलमा थाइल्याण्डले आजै युएईसंग खेल्दैछ ।