काश्मिरमा लडाकु विमान दुर्घटना हुँदा २ पाईलटको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं, फागुन १५ । भारतीय वायुसेनाको एउटा लडाकु विमान काश्मिरमा दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ ।

काश्मिरको बडेगामबाट ७ किलोमिटर टाढा गारेन्द गाउँमा भएको विमान दुर्घटनामा दुई जना पाइलटको ज्यान गएको भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

लडाकु विमान खेतमा खसेको, ठूलो आवाजसहित बिस्फोट भएको र त्यसलगत्तै आगो दन्केको छ।

दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ । मंगलबार भारतीय वायू सेनाको एक लडाकु विमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको थियो ।

भारत र पाकिस्तानबीच तनाव जारी रहेका बेला यो दुर्घटना भएको हो । पछिल्लो २० दिनमा भारतमा पाँचवटा विमान दुर्घटनाग्रस्त भएका छन् ।

पाकिस्तान सेनाले दुईवटा भारतीय लडाकू विमान खसालिएको र एक भारतीय विमानचालक पक्राउ गरिएको दाबी गरेको छ । 

इन्टर सर्भिसेस पब्लिक रिलेसन्सका निर्देशक जनरल असिफ गफूरले यस कारवाहीको पुष्टि गरे ।

‘पाकिस्तानी वायुसेनाले पाकिस्तानी एयरस्पेसभित्र दुईवटा भारतीय विमान खसाएको छ । एक विमान जम्मु कश्मीरमा खसेको र अर्को भारत अधीनस्थ कश्मीरमा खसालिएको हो । एक भारतीय पाइलटलाई जमीनमा रहेका हाम्रा सैनिकले पक्राउ गरेका छन्,’ उनले ट्वीट गर्दै भने ।

सिफारिस