
काठमाडौं, १५ फागुन । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामामा निधन भएका धनाड्य पर्यटन व्यावसायी आङछिरिङ शेर्पा आफू दुर्घटनामै परेको हेलिकोप्टर मालिक रहेको तथ्य खुलेको छ ।
दुर्घटनामा परेको एयर डाइनेष्टि हेलिकोप्टर प्रा.लीमा शेर्पाको २५ प्रतिशत शेयर रहेको स्रोतले जनाएको छ ।
नेपालको आन्तरिक विमानमा चर्चामा रहेको यति एयरलाइन्स र अन्तराष्ट्रिय उडान क्षेत्रमा पनि शेर्पाकै लगाती भएको हिमालयन एयरलाइन्स सञ्चालनमा छ ।
शेर्पाको लगानीमा राजधानीको गोकर्णमा गोकर्ण रिसोर्ट समेत सञ्चालनमा छ । दरबारमार्ग स्थित नारायणहिटि दरबारको अपोजिट दिशामा उनले ठूलो महल समेत बनाउँदै गरेका थिए । नेपालको हवाई क्षेत्रमा निकै महत्वपूर्ण व्यक्तिको छवि बनाएका शेर्पा प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको समेत आफन्त हुन् ।
बुधबार ताप्लेजुङमा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनमा परेको थियो । दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री रविन्द्र अधिकारी, पर्यटन व्यावसायी आङछिरिङ शेर्पा सहित ५ जनाको मृत्यु भएको थियो ।
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।