काठमाडौँ, माघ १९ । स्पेनिस लालिगा अन्तर्गत शनिबार बेलुका भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रियलको घरेलु मैदान स्तादियो सान्टियागोमा भएको खेलमा एट्लेटिकोलाई १–० गोलले पराजित गरेको हो ।
रियल मड्रिडको जितमा करिम बेन्जिमाले गोल गरेका हुन् ।
रियलकै घरेलु मैदान र ७७ हजार दर्शकमाझ भएको खेल उत्कृष्ठ प्रहार भने हुन सकेन । निकै प्रतिस्पर्धा भएको खेलमा एट्लेटिकोको ३ प्रहार असफल भएका थिए ।
दुबै तर्फबाट निकै प्रयासहरु भएतापनि बेन्जिमाको गोल नै निर्णायक बनेको हो ।
जीतसँगै रियल मड्रिड ४९ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाको ४३ अंक रहेको छ ।