ब्रोइरल कुखुराको मासुको मुल्य बढ्यो, प्रतिकिलो ४ सय रुपैयाँ

दियो पोस्ट  

काठमाडौँ, माघ १९ । काठमाडौँमा ब्रोइलर कुखुराको मासुको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । उपत्यका भित्र र बाहिर ब्रोइलर कुखुरा अभाव भएपछि मासुको भाउ वृद्धी भएको हो । कुखुराको माग अनुसार पुर्ती हुन नसक्दा शनिबारदेखि नै जिउँदो कुखुराको मुल्य बढाएर प्रतिकिलो २ सय ७० पुर्याइएपछि तयारी मासुको भाउ पनि बढेको हो ।

व्यवसायीहरुका अनुसार आइतबारदेखि तयारी मासुको प्रतिकिलो मुल्य ४ सय पुगेको छ । यो मुल्य अहिलेसम्मकै धेरै हो । एक महिनाअघि ब्रोइलर कुखुराको चल्ला उत्पादकले ठुलो मात्रामा चल्ला र अण्डा नष्ट गरेको कारण मासुको मुल्य आकाशिएको हो ।

उपत्यका भित्र मासुको मागलाई पुरा गर्नका लागि बाहिरका जिल्लाहरुबाट ब्रोइलर कुखुरा आउने गर्दथ्यो । अहिलेको समयमा उपत्यका बाहिर पनि ब्रोइलर कुखुरा अभाव भएपछि मुल्य वृद्धी भएको व्यवसायीहरु बताउँछन् । केही समय ब्रोइलर कुखुराको मासुको भाउ निरन्तर बढ्ने क्रममा रहने समेत व्यवसायीहरुले बताएका छन् ।