कोरोनाभाइरस लागेका ३ सय १८ जना उपचारपछि सामान्य अवस्थामा घर फर्किए

दियो पोस्ट  

एजेन्सी । चीनमा कोरोनाभाइरसबाट संक्रमित भएका ३ सय १८ जना मानिस उपचारपछि घर फर्किएका छन् । भाइरसको संक्रमण भेटिएपछि निरन्तर चिकित्सकको निरिक्षणमा रहेका मध्य ३ सय १८ जनालाई डिस्चार्ज गरिएको चिनियाँ संचारमाध्यमले जनाएको छ ।

शरिरमा भाइरसको प्रभाव समाप्त भएपछि ती व्यक्तिहरुलाई चिकित्सकको सल्लाह बमोजिम नै घर पठाइएको हो । उनिहरु सामान्य अवस्थामा रहेको र दोस्रो व्यक्तिमा कुनैपनि खतरा नहुने दाविसहित उनलाई डिस्चार्ज गरेका हुन् । चीनको राष्ट्रिय स्वास्थ्य विभागले पनि सो कुराको पुष्टि गरेको छ ।

उनिहरुलाई शनिबार नै घर पठाइएको भएपनि स्वास्थ्य विभागले भने आइतबार प्रेस विज्ञप्ती जारि गर्दै कोरोना संक्रमित ३ सय १८ जना डिस्चार्ज भएका र उनिहरुको अवस्था सामान्य अवस्थामा रहेको जानकारी दिएको छ ।

सिफारिस