एजेन्सी । चीनमा नोवेल कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३ सय नाघेको छ । चीनीयाँ संचारमाध्यम चाइनाडेलीका अनुसार शनिबारसम्म भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको हो । त्यस्तै चीनभित्र करिब १४ हजार ३ सय ८० जना कोरोनाभाइरस संक्रमित रहेको समेत बताइएको छ ।
शनिबार मात्रै हुबेईमा १ हजार ९ सय २१ जनालाई कोरोनाभाइरस देखिएको छ भने ४५ जनाको सोही भाइरसको कारणले ज्यान समेत गएको छ । चाइना डेलीका अनुसार थप ४ हजार जनामा समेत भाइरसको आशंका गरिएको छ । तीमध्य करिब २ हजार जना वुहान शहरका रहेका छन् ।
निरिक्षणमा रहेका १४ हजारमध्य २ हजार १ सय १० जना संक्रमितहरुको अवस्था गम्भिर रहेको बताइएको छ ।
शनिबार नै ३ सय २८ जना संक्रमितहरु उपचारपछि सामान्य अवस्थामा घर फर्र्किएका छन् ।